देउवाविरूद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडाैं | माघ २५, २०७९

देउवाविरूद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं:  नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता नबनाउन माग गर्दै सर्वोच्च अदा्लतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। सो रिट निवेदनको पेशी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

 

कांग्रेस संसदीय दलको नेता देउवा हुन नसक्ने दावीसहित मंगलबार रिट दर्ता भएको थियो। रिटमा उत्प्रेषणको आदेशद्वारा विपक्षी दलको नेता नबनाउन माग गरिएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएकाले देउवा  प्रमुख विपक्षी दलको नेता बन्न नसक्ने भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।

 

रिटमा संसद सचिवलाय,प्रतिनिधिसभा सभामुख,संवैधानिक परिषद र नेपाली कांग्रेस संसदीय दल सिंहदरबारलाई प्रतिवादी बनाइएको छ। नेमकिपाका नेता प्रेम सुवालले सरकारलाई समर्थन नगरेकाले प्रतिनिधिसभाको विपक्षी दलको नेता आफूलाई बनाउन माग गरेका छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्